सारांश
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को अध्यक्षमा भारतका जय शाह निर्विरोध निर्वाचित भएका छन्।
अक्टोबर २०१९ देखि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को सचिव र जनवरी २०२१ देखि एसियाली क्रिकेट काउन्सिलको अध्यक्षको जिम्मेवारी सम्हालेका शाहले डिसेम्बर १, २०२४ मा यो प्रतिष्ठित भूमिका ग्रहण गर्नेछन्।