Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

'प्रेम गीत ३' को हिन्दी भर्सनलाई नेपालमा विदेशी फिल्मको मान्यता, विश्वभरका १२ सय पर्दामा एकसाथ प्रदर्शन हुँदै


सारांश

'प्रेम गीत ३' को हिन्दी भर्सनलाई नेपालमा विदेशी फिल्मको मान्यता, विश्वभरका १२ सय पर्दामा एकसाथ प्रदर्शन हुँदै
images

‘प्रेमगीत ३’ को हिन्दी भर्सनलाई चलचित्र विकास बोर्डले विदेशी फिल्मको मान्यता दिएको छ। वितरकले नियमानुसार कागजपत्र पेश गरेपछि बोर्ड अध्यक्ष भुवन केसीले सेन्सरका लागि सिफारिस गरेका हुन्।

भारतबाट भन्सार शुल्कसहित ल्याएको कागजपत्र पेश गरेपछि बोर्डले चलचित्र जाँचका लागि अनुमति दिएको वितरक मनोज राठीले बताए। अब विदेशी फिल्म सरह १५ प्रतिशत चलचित्र विकास शुल्क तिरेर प्रेमगीत ३ को हिन्दी संस्करण नेपालमा पनि प्रदर्शन हुनेछ । फिल्मले ३० हजार भन्सार शुल्क पनि तिरिसकेको छ। यसअघि फिल्म निर्माताले हिन्दी भर्सनमा कर लिन नहुने माग राखेका थिए।prem geet 3 poster1662458895.jpg

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij