सारांश
काठमाडौं । लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय गायक रामचन्द्र चन्दको सांगीतिक साँझ हुने भएको छ।
आगामी असोज १४ गते (सोमबार) सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा उनको एकल सांगीतिक साँझ हुन लागेको हो।
'रामचन्द्र चन्द विशेष सांगीतिक तथा विजया दशमी शुभकामना साँझ–२०८१' नाम दिइएको कार्यक्रमको आयोजकमा गुल्मी कलाकार समाज छ।
पहिलो पटक एकल साँझमा प्रस्तुत हुन लागेका चन्दले त्यहाँ आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्नेछन्। गायिकाहरू शर्मीला गुरूङ, लक्ष्मी न्यौपाने, टिका पुन, देवी घर्ती, शान्तिश्री परियार लगायतले सांगीतिक साँझमा चन्दलाई साथ दिनेछन्।