Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

‘रंगी’ को गरियो शुभ साइत


सारांश

‘रंगी’ को गरियो शुभ साइत
images

काठमाडौं । सलोन सलिना फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने चलचित्र ‘रंगी’ को शुभ साइत गरिएको छ । 

घटस्थापनाको अवसर पारेर राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको शुभ साइत गरिएको हो ।

सलोन बस्नेत प्रस्तुतकर्ता रहने ‘रंगी’ को सुरेश न्यौपानेले निर्देशन गर्न लागेका हुन् । 
 
चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आरुषी कार्की, विशाल पहारी र सुमिन गुरुङको अभिनय रहने छ । 
 
छायाङ्कन आगामी कार्तिक ५ गतेबाट सुरु हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij