सारांश
काठमाडौं । नेपाली चलचित्र ‘गुन्युचोलो’ अमेरिकाको तस्बिर फिल्म मार्केटमा छनोट भएको छ ।
समुन्द्र भट्टले निर्देशन गरेको चलचित्र अक्टोबर १५ देखि १८ सम्म अमेरिकाको सियाटलमा आयोजना हुने तस्बिर फिल्म मार्केटमा छनोट भएको हो ।
‘गुन्युचोलो’मा नाजिर हुसेनको मुख्य भूमिका छ । उनले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन् । नाजिरसँगै सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीको पनि अभिनय छ ।