सारांश
एजेन्सी / विश्व विजेता लियोनेल मेस्सी विश्वकपपछि फर्किएको खेलमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सहज जित हात पारेको छ ।
घरेलु मैदानमा पिएसजीले एन्जर्सलाई २–० ले पराजित गरेको हो । पार्क डेस प्रिन्सेसमा पिएसनीको जितमा ह्युगो इकिटिक र मेस्सीले गोल गरे ।
यो जितसँगै पिएसजीले शीर्षस्थानमा ६ अंकको स्पष्ट अग्रता बनाएको छ । पिएसजीको १८ खेलबाट ४७ अंक छ । दोस्रो स्थानमा रहेको लेन्सको ४१ अंक छ । पराजित एन्जर्स ८ अंक जोडेर पुछारमा छ ।