सारांश
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको विरोधमा के गर्ने भन्ने विषयमा सत्तारुढ दल आन्तरिक छलफलमा व्यस्त रहेको छ ।
परमादेशको माग गर्दै अदालत जाने कि चुनावी एजेन्डा बनाउने भन्ने विषयमा गठबन्धनभित्र छलफल भइरहेको छ ।
कांग्रेस नेता रामचन्द्र पौडेलले राष्ट्रपतिको कदम संविधान विपरीत भएकाले आगामी चुनावी एजेन्डा बन्ने बताएका छन् ।
गठबन्धनमा सहभागी एक नेताका अनुसार राष्ट्रपतिको कदम चुनाव सारेर अर्को सरकार बनाउनमा केन्द्रित रहेको बारेमा पनि छलफल भएको थियो ।
संसद् नभएको अवस्थामा राष्ट्रपतिले रिक्ततामा खेल्न खोजेको उनीहरुको बुझाई छ ।
गठबन्धनमा यस विषयमा पनि छलफल भएको स्रोत बताउँछ । माओवादीका नेता वर्षमान पुनले पनि राष्ट्रपतिको कदम चुनाव सार्ने षडयन्त्र भएको बताएका छन् ।
“निर्वाचन विथोल्ने षडयन्त्रको अंग पनि हो, यो घटनाक्रम,” उनले सामाजिक सञ्जालमार्फत् भनेका छन् । उता कानुनविद्हले पनि सरकारलाई राष्ट्रपतिको विकल्प खोज्न सुझाव दिँदै उपराष्ट्रपतिबाट प्रमाणीकरण गराएर राजपत्रमा प्रकाशित गर्नुपर्ने बताएका छन्