सारांश
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ आयोजना गर्ने भएको छ । हरेक वर्ष आयोजना गर्दै आएको मेला कोरोना महामारीको कारण विगतका दुई वर्ष स्थगित भएको थियो ।
व्यापार मेलामा ३०० बढी स्टल रहनेछन् । चीन, भारत, पाकिस्तान, बंगलादेश र भुटानबाट सहभागिता हुने महासंघले जनाएको छ । मेलामा स्वदेशी तथा विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताए ।
मेला आगामी चैत २ गतेदेखि ६ गतेसम्म चल्नेछ ।