सारांश
पोखरा । चुनावको सम्मुखमा गण्डकी सरकारले करको दर हेरफेरको तयारी गरेको छ । सरकारले आर्थिक वर्ष २०७९/०८० मा ल्याएको बजेटमा सवारीदेखि सम्पत्ति करमा अत्याधिक कर वृद्धि गरेको थियो ।
त्यसको चौतर्फी आलोचना भएपछि तत्कालै भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयले सवारीको जरिबाना हेरफेर गरेको थियो । तर, सवारीको नवीकरण शुल्क घटेको छैन । सम्पत्ति करअन्तर्गत पर्ने घरजग्गा रजिष्ट्रेसनलगायत करहरू अहिले पनि कार्यान्वयनमा आएका छन् ।
नागरिकहरूको चौतर्फी विरोध र आलोचना भए पनि सरकारले तत्काल त्यसलाई पुनरवलोकन गरेन । घरजग्गामा गत वर्षको तुलनामा ३२८ प्रतिशतसम्मले करवृद्धि भएको छ । सवारीमा बढेको २०० प्रतिशत जरिबाना भने विभागीय मन्त्रालयले बाधा अड्काउ फुकाउको प्रयोग गरेर सच्याएको थियो ।