सारांश
काठमाडौं । चलचित्र ‘बम बहादुर’को ट्रेलर सार्वजनिक भएको छ ।
ट्रेलरमा अभिनेता सौगात मल्ल विद्रोही भूमिकामा देखिएका छन् । ट्रेलरमा सस्पेन्स र थ्रिल देखिन्छ ।
पुस ५ गते रिलिज हुने यो चलचित्रले भन्ने बताइएको छ । चलचित्रले दार्जिलिङ क्षेत्रको कथा उठान गर्ने बताइएको छ ।
‘बम बहादुर’ले भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको संघर्षको कथा भन्ने निर्माणपक्षले जनाएको छ ।
सौगात मल्लसँगै चलचित्रमा प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेललगायतको अभिनय छ ।
बिस्ट ब्रदर्स फिल्म्स प्रालिको निर्माणमा बनेको चलचित्र ‘बम बहादुर’को निर्माता सञ्जीव सार्की हुन् । जोन राई र रुपेश तामाङको कथा र पटकथा रहेको चलचित्रको छायांकन सुजोयकुमार घोष ‘मुन्ना’ले गरेका छन् । सम्पादन ज्ञान गुरुङले गरेका छन् । यसमा सङ्गीत तथा गीत दीपङ्कर सिंह मुखियाले तयार पारेका हुन् भने म्युजिक एरेन्जमेन्ट तथा ब्याकग्राउन्ड स्कोर इजाज अलीले गरेका छन् ।
चलचित्रलाई जोन राईले निर्देशन गरेका छन् ।