सारांश
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने आज धरौटी रकम बुझाएर रिहा हुँदैछन्।
उच्च अदालत पाटनले बिहीबार सर्तसहित २० लाख धरौटी लिएर उनलाई न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले रिहा गर्न आदेश दिएको थियो।
कागजी प्रक्रिया पुर्याएर क्रिकेटर लामिछाने शुक्रबार थुनामुक्त हुने भएका हुन्।
यसअघि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिएको थियो। तर काठमाडौं जिल्ला अदालतको आदेश बेरितको भएको भन्दै उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेशको हो।
सन्दीपलाई भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगमाथि बलात्कार गरेको आरोप थियो। प्रहरीले गत असोज २० गते त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो ।