Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

एनपिएलमा आज प्लेअफका दुई खेल


सारांश

एनपिएलमा आज प्लेअफका दुई खेल
images

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा आजदेखि प्लेअफका खेलहरू सुरु हुँदैछन् । एनपीएलको लिग चरणको खेलबाट शीर्ष चारमा रहने टोलीले प्लेअफमा स्थान बनाएका हुन् ।

अंक तालिकाको शीर्ष र दोस्रो स्थानमा रहने टोलीले पहिलो क्वालिफायर्स खेल्नेछन् । तेस्रो र चौथो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज हुने पहिलो खेलमा एलिमिनेटर खेलमा तेस्रो स्थानको चितवन राइनोज र चौथो स्थानमा रहेको कर्णाली याक्स भिड्नेछन् । यो खेलको
विजेताले दोस्रो क्वालिफायर्स खेल्नेछ । पराजित हुने टोली भने प्लेअफबाटै बाहिरिनेछ ।
आजको दोस्रो खेलमा पहिलो क्वालिफायर्स खेल हुनेछ । पहिलो क्वालिफायर्समा शीर्ष स्थानको सुदुरपश्चिम रोयल्स र दोस्रो स्थानको जनकपुर बोल्ट्स खेल्नेछन्। 

यो खेलको विजेताले सिँधै फाइनलमा स्थान पक्का गर्नेछ । पराजित हुने टोलीले भने फाइनल पुग्नका लागि अर्को एक मौका पाउनेछ । दोस्रो क्वालिफायर्समा पहिलो क्वालिफायर्समा पराजित हुने टोली र एलिमिनेटरको विजेता टोली भिड्नेछन् । दोस्रो क्वालिफायर्स खेल भोली हुनेछ ।

फाइनल खेल शनिबार हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij