Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

ओलम्पिक कमिटीको निर्वाचन रोक्न माग गर्दै सर्वोच्चमा रिट


सारांश

ओलम्पिक कमिटीको निर्वाचन रोक्न माग गर्दै सर्वोच्चमा रिट
images

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ।

आगामी शनिबारका लागि तयारी भएको निर्वाचन रोक्न माग गर्दै ओलम्पिक कमिटीका सदस्य कमलबहादुर चित्रकारले वारेसमार्फत रिट दायर गरेका हुन्।

रिटमा ओलम्पिक कमिटीका अध्यक्ष जीराम श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र जिल्ला प्रशासन कार्यालय, ललितपुरलाई विपक्षी बनाइएको छ।

जीवनरामले अवैधानिक रूपमा नेपाल ओलम्पिक कमिटीको निर्वाचन पुस १३ गते गराउन लागेको भन्दै अन्तरिम आदेशमार्फत निर्वाचनमा रोक लगाउनुपर्ने निवेदकको माग छ। जीवनरामलाई नेपाल ओलम्पिक कमिटीको नामबाट कुनै पनि गतिविधि नगर्नू भनी प्रतिषेधको आदेशसमेत रिटमा माग गरिएको छ।

जीवनरामले तेस्रोपटक पनि अध्यक्ष बन्न पाउने गरी विधान संशोधनको तयारी गरिएपछि असन्तुष्ट पक्षले पाटन उच्च अदालतमा रिट दिएको थियो। उक्त रिटमा उच्च अदालतले अन्तरिम आदेश जारी गरी विशेष अधिवेशनमा रोक लगाएको थियो। तर, श्रेष्ठले भने उक्त आदेश प्राप्त नहुँदै विशेष अधिवेशन भइसकेको भन्दै संशोधित विधानका आधारमा निर्वाचन प्रक्रिया अघि बढाएका थिए।

निर्वाचनको प्रक्रिया अघि बढाउन नदिन प्रशासनले सातदोबाटोस्थित कमिटीको कार्यालय नियन्त्रणमा लिए पनि निर्वाचन समितिले भर्चुअल माध्यमबाट उम्मेदवारी दर्ता गराएको थियो।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij