सारांश
काठमाडौं । दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ)ले यस वर्ष हुने साफ च्याम्पियनसिपको होम एन्ड अवे संरचनामा आयोजना गर्ने भएको छ ।
साफको नेपालमा बसेको कार्यसमिति बैठकले यस वर्ष जुन १५ देखि जुलाई २५ सम्म प्रतियोगिता आयोजना मितिसमेत निर्धारण गरेको हो ।
बैठकले साफ प्रतियोगिताको इतिहासमा पहिलोपटक क्लब च्याम्पियनसिप आयोजना गर्ने निर्णयसमेत गरेको छ । जसअनुसार प्रतियोगिताको पहिलो संस्करणमा आठ टिमको सहभागिता हुनेछ ।
प्रतियोगिताका निम्ति एएफसी क्लब वरीयताको शीर्ष स्थानमा रहने राष्ट्रबाट दुई क्लबले सहभागिता जनाउन पाउनेछन् ।