Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

विवाहको उमेर १८ वर्ष र ‘लिभिङ टुगेदर’बारे सुझाव


सारांश

विवाहको उमेर १८ वर्ष र ‘लिभिङ टुगेदर’बारे सुझाव
images

काठमाडौं । महिला र पुरुषको विवाहको उमेर १८ वर्ष राख्न सुझाव दिइएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको उपसमितिले बुधबार उक्त सुझावसहितको प्रतिवेदन पेस गरेको हो ।

विवाहको वैध उमेर घटाउनु उपयुक्त हुने उपसमितिको अध्ययनको निष्कर्ष छ । हाल विवाहको उमेर महिला र पुरुष दुवैको २० वर्ष कायम छ ।

यस्तै लिभिङ टुगेदरमा केटाकेटी बस्ने गरेको र पछि केही कुरामा केटा र केटी दुवै वा कुनै एक पक्षको कुरा नमिल्दा उक्त कार्य समेत जवरजस्ती करणीमा जाहेरी पर्ने गरेकाले उक्त कुरा पनि कानूनमा समेटिनुपर्ने उपसमितिले समितिलाई सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij