Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

आर्मीलाई अलआउट गर्दै पुलिसले जित्यो जय ट्रफी


सारांश

आर्मीलाई अलआउट गर्दै पुलिसले जित्यो जय ट्रफी
images

काठमाडौं । जय ट्रफी मेन्स एलिट कप २०८१ को उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

बिहीबार सम्पन्न तीन दिवसीय फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुलिस च्याम्पियन बनेको हो ।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा भएको फाइनलमा पुलिसले आर्मीलाई २८ रनले हरायो । पुलिसले दिएको १०३ रनको लक्ष्य पछ्याएको आर्मी तेस्रो दिनको दोस्रो सेसनमा ७४ रनमा अलआउट भयो । 

त्यसअघि तेस्रो दिनमा १३२-९ को अवस्थाबाट सुरूवात गरेको पुलिस १३९ रनमा अलआउट हुँदै १०२ रनको अग्रता बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij