Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

यू-१९ महिला टी२० विश्‍वकपको पहिलो खेलमा नेपाल पराजित


सारांश

यू-१९ महिला टी२० विश्‍वकपको पहिलो खेलमा नेपाल पराजित
images

काठमाडौं । आईसीसी यू–१९ ट्वान्टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ ।

मलेसियाको बांगीस्थित यूकेएम ओभल क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले दिएको ५३ रनको विजयी लक्ष्य बंगलादेशले १३.२ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो । 

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १८.२ ओभरमा सबै विकेट गुमाएर ५२ रन बनाएको थियो ।

नेपालले आफ्नो दोस्रो खेल यही माघ ७ गते स्कटल्यान्डसँग खेल्नेछ । 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij