Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

क्यानले गर्‍यो सन्दीप लामिछानेलाई कारबाही


सारांश

क्यानले गर्‍यो सन्दीप लामिछानेलाई कारबाही
images

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले अनुशासनको कारबाही गरेको छ। 

सन्दीपले मधेस प्रदेशमा भएको जय ट्रफीका दौरान अम्पायरको निर्णयप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा लेखेका थिए। सोही घटनामा क्यानले सन्दीपमाथि घरेलु क्रिकेट प्रतियोगिताको एक खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । 

‘म्याच रेफ्री र टेक्निकल कमिटीको निर्णयअनुसार उनलाई कारबाही गरिएको हो,’ क्यानका प्रवक्ता छुम्बी लामाले भने, ‘उनले क्यानको आचारसंहिताको २.७ को उल्लङ्घन गरेको पाइएकाले खेलमा प्रतिबन्ध (तीन डिमेरिट अंक दिने) लगाउने निर्णय गर्दै स्पष्टीकरणसमेत सोधिएको छ।’

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij