Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

महिला यू–१९ टी २० : टुंगियो नेपालको विश्वकप यात्रा


सारांश

महिला यू–१९ टी २० :  टुंगियो नेपालको विश्वकप यात्रा
images

काठमाडौं । मलेसियामा जारी यू–१९ टी २० महिला विश्वकपको तेस्रो खेलमा अस्ट्रेलियाले नेपाललाई ८३ रनले हारएको छ ।

अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ५६ रनमा रोकिएपछि ८३ रनले पराजित हुन पुगेको हो । योसँगै नेपालले लगातार तेस्रो हार ब्यहोरेको छ ।

यो हारसँगै नेपाल सुपर ६ मा पुग्न असफल भएको छ । नेपाल यसअघि बङ्गलादेशसँग पाँच र स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो ।

आज अष्ट्रेलियासँग पनि पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij