Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

फागुन तेस्रो सातादेखि कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता हुने


सारांश

फागुन तेस्रो सातादेखि कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता हुने
images

काठमाडौं । नेपाल कराते महासंघ ललितपुरले कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता आयोजना गर्ने भएको छ। मेन डोजाङले सोमबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिता फागुन तेस्रो साता १६, १७ र १८ गते हुने जनाएको हो ।

प्रतियोगितामा कुल १७ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । जसमा पुरुषतर्फ नौ र महिलातर्फ आठ विधामा प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ ५० केजी, ५५ केजी, ६० केजी, ६७ केजी, ७५ केजी, चार केजीभन्दा तल र ८४ केजीभन्दा माथिसँगै एकल र टिम कातामा खेल हुनेछन् । यस्तै, महिलातर्फ ४५ केजी, ५० केजी, ५५ केजी, ६१ केजी, ६ केजीभन्दा तल र ६८ केजीभन्दा माथिसँगै एकल र टिम कातामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीले समान २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै, टिममा पहिलो हुनेले एक लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुने टिमले २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij