सारांश
काठमाडौं । गायिका एलिना चौहानले पति विष्णु सापकोटासँग सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् ।
काठमाडौं जिल्ला अदालतमा शुक्रवार दर्ता भएको फिरादमा पति सापकोटाले आफ्नो चरित्रमाथि शंका गरेको र पति पत्नीको रुपमा सम्बन्ध सुमधुर हुन नसकेको जिकिर गरेकी छन् ।
लामो समय प्रेम सम्बन्धमा रहेको यी जोडीबीच बिहेपछि कलह सुरु भएको थियो । कलहले घरेलु हिंसाको समेत अवस्था निम्तिएको चर्चा पनि छ। झापाकी एलिना र अस्ट्रेलियामा रहेर व्यवसाय गर्दै बागलुङका विष्णुले गत वैशाख ५ गते विवाह गरेका थिए।