काठमाडौं । स्याङ्जाली र मोरङ्गेलीमाथी छेड्खानी गरिएको "मगरकि छोरी..." बोलको गीतको भिडियो सार्वजनिक भएको छ। शुक्रबार युट्यूवबाट सार्वजनिक गरिएको यो गीतको भिडियोमा बलराम मित्र र अस्मिता रानाले अभिनय गरेका छन् ।
मौलिक किसिमको हाँसोका कारणले चर्चित मित्र नेपाल गजुरियो कराँते महासंघका प्रमुख प्रशिक्षक हुन् । त्यस्तै अस्मिता राम्रो नृत्यकलाकार हुन् ।
निर्माणाधीन विभिन्न चलचित्रको छायांकनमा व्यस्त नृत्य निर्देशक सुरेश पाण्डेले यो भिडियो निर्देशन गरेका छन् । उनले भिडियो रोचक बनाउन मित्रलाई काता समेत गराएका छन् । भिडियोको सम्पादन बन्दे प्रसादले गरेका छन् ।
संगीतकार वसन्त सापकोटाद्वारा संगीतबद्द यस गीतमा प्रह्लाद तिमल्सिना र संगीता मगरको स्वर रहेको छ।