Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

नेपालकी पूजा आईसीसी यू–१९ महिला विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’मा


सारांश

नेपालकी पूजा आईसीसी यू–१९ महिला विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’मा
images

काठमाडौं । नेपाल यू–१९ क्रिकेट टिमकी कप्तान पूजा महतो आईसीसी यू–१९ विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’मा पर्न सफल भएकी छन् ।

आईसीसीले सोमबार जारी गरेको प्रतियोगिताको सर्वोत्कृष्ट १२ खेलाडीमा पूजा छैटौँ नम्बरमा छिन् । प्रतियोगिताको सर्वोत्कृष्ट टिममा पर्न सफल पूजा एसोसिएट राष्ट्रकै एक मात्र खेलाडी हुन् ।

पूजाले प्रतियोगितामा नेपालको नेतृत्व सम्हाल्दा ब्याटिङतर्फ ७० रन र बलिङमा नौ विकेट लिइन् । पूजा सर्वाधिक विकेट लिने खेलाडीको सूचीको सातौँ र ब्याटिङतर्फ १७औँ स्थानमा छिन् ।

प्रतियोगिताको समूह ‘डी’मा रहेको नेपालले समूह चरणका सबै खेलमा पराजय व्यहोरेको थियो । तर, नेपालले १३औँदेखि १६औँ स्थानको प्लेअफमा मलेसियाविरुद्ध सात विकेटको जित निकालेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij