सारांश
काठमाडौं । नेपाल महिला ट्वान्टी–२० शृंखलामा घरेलु टिम जितविहीन बनेको छ । शृंखलाको अन्तिम खेलमा शुक्रबार थाइल्यान्डसित सात विकेटको हार व्यहोरेसँगै नेपाल जितविहीन बनेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शृंखलाको अन्तिम खेलमा नेपालले प्रस्तुत गरेको ८२ रनको लक्ष्य थाइल्यान्डले १७ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ८१ रन बनाएको थियो ।
योसँगै थाइल्यान्डले ६ खेलबाट १० अंक जोड्दै प्रतियोगिताको उपाधि जितेको हो ।