सारांश
काठमाडौं । काठमाडौंमा आगामी सातादेखि सुरू हुने चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा खेल्ने नेपालको अन्तिम टोली घोषणा भएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बिहीबार २३ सदस्यीय नेपाली टिम सार्वजनिक गरेका हुन् ।
फेब्रुअरी १७ देखि सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले किर्गिस्तानविरुद्ध खेल्ने तालिका छ । यस्तै, नेपालले फेब्रुअरी २० मा लेबनानविरुद्ध खेल्नेछ । नेपालले लिग चरणको अन्तिम खेलमा म्यानमारविरुद्ध फेब्रुअरी २३ मा प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको फाइनल खेल फेब्रुअरी २६ मा हुने तालिका छ ।
नेपाली टिम
गोलकिपर : अञ्जिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर, उषा नाथ
रक्षक : अमृता जैसी, गीता रानामगर, विमला विक, पुजा राना, निशा थोकर, समिक्षा घिमिरे, विमला चौधरी, मनमाया दमाई
मिडफिल्डर : अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता रानामगर, रेनुका हमाल, सुस्मा तामाङ
फरवार्ड : सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल