सारांश
काठमाडौं ।चलचित्र प्रचारप्रसार नगर्न र नगराउन पाटन उच्च अदालतले अन्तरिम आदेश दिएको छ।
पूर्वमन्त्री आलमले गत माघ २४ गते दायर गरेको रिटमा चलचित्र विकास बोर्ड, नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, केन्द्रीय जाँच समिति, ओएसआर डिजिटल इन्टरटेनिङ द नेसन प्रालि., जेपीटी क्रियसन प्रालि, जेपीटी क्रियसन प्रालिका सञ्चालक एवं चलचित्रको कार्यकारी निर्माता अर्जुन घिमिरे ‘पाँडे’, चलचित्रको लेखक तथा निर्देशक कुमार कट्टेल र चलचित्रमा मोहम्मद अफताब आलमको मुखाकृत आवरणमा अभिनय गर्ने कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ लाई प्रतिवादी बनाइएको छ।
अदालतको आदेशसँगै चलचित्रको बुधबार सार्वजनिक गर्ने भनिएको ट्रेलर रोकिएको छ। साथै, महाशिवरात्रीको अवसर पारेर फागुन १४ गते प्रदर्शन गर्ने भनिएको चलचित्र ‘लाज शरणम’ को प्रदर्शन पनि अन्योलमा परेको छ।