Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

प्रकृति लम्सालको अन्त्येष्टि- हजुरबुवाले दिए मुखाग्नि


सारांश

प्रकृति लम्सालको अन्त्येष्टि- हजुरबुवाले दिए मुखाग्नि
images

काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा शंकास्पद मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको गृहजिल्ला रुपन्देही ल्याएर अन्त्येष्टि गरिएको छ।

भैरहवाको स्वर्गद्वारी घाटमा हजारौँको उपस्थितिमा उनको दाहसंस्कार गरिएको हो। अन्त्येष्टिमा परिवार, आफन्त, स्थानीयबासी तथा सहपाठीहरू सहभागी भएका थिए।

प्रकृतिको शव भारतको ओडिसा राज्यको भुवनेश्वर बाट गोरखपुर हुँदै हिजो बिहान भैरहवा ल्याइएको शवलाई स्वर्गद्वारी घाट पुयाइएको थियो, जहाँ हजुरबुवा देवनाथ लम्साल ले मुखाग्नि दिएका थिए।

२०६१ असार ४ गते जन्मिएकी प्रकृति लम्साल आइतबार भारतको केआईआईटी छात्रावासमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

प्रारम्भिक अनुसन्धानमा कलेजकै एक नेपाली युवकको यातनाका कारण उनले आत्महत्या गर्न बाध्य भएको खुलेको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij