सारांश
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि मिनी अक्सन सम्पन्न भएको छ ।
शनिवार क्याटेगोरी ए र क्याटोगोरी बी का गरी कूल ६० खेलाडीको लागि अक्सन भएको थियो । जसबाट अक्सनमा ३९ खेलाडी सोल्ड भए भने ५ खेलाडी विसलिस्टबाट टिमले लिए । १६ खेलाडी भने अनसोल्ड रहे ।
भरत अवास, विकेश कुथु, विशाल सुनार र नवयुग श्रेष्ठ जस्ता खेलाडी अनसोल्ड भए ।
अक क्याटेगोरी सी का लागि खेलाडीहरुको ड्राप्ट अर्को साता हुनेछ ।