सारांश
काठमाडौं । गायक श्याम राउत र गायिका मिरा राउतको स्वरमा रहेको रोमान्टिक गीत ‘फूलको रंग’ सार्वजनिक भएको छ ।
अर्जुन पोखरेलको संगीत रहेको गीतमा शब्दरचना गीतकार दयाराम पाण्डेको छ । गीतमा एरेन्ज महाराज थापाको छ ।
गीतको भिडियोमा मोडल प्रभात पल ठकुरी र उषा उप्रेती फिचर्ड छन् ।
भिडियोको निर्देशन विक्रम स्वारले गरेका हुन् । उत्सव दाहालको छायांकन रहेको भिडियोमा प्रविन भट्टको निर्देशन छ ।