सारांश
काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पदभार ग्रहण गर्दै सोर्सफोर्सका आधारमा कुनै पनि काम नगर्ने बताएका छन् ।
आफूलाई भेट्न आउने सबैलाई उनले खादा नल्याउन आग्रह गरे । खादा र माला किन्ने पैसा दानपेटिकामा राख्न आग्रह गरे ।
मन्त्रालयको गेटमा दानपेटिका राख्ने र आफ्नो एक महिनाको तलब त्यहाँ हाल्ने उनले बताए । उक्त दानपेटिकामा जम्मा भएको रकम दुर्गम भेगका जिल्लाको शिक्षा र स्वास्थ्यमा खर्च गर्ने उनको भनाइ छ ।