सारांश
एजेन्सी । न्युजिल्यान्डविरुद्ध चार विकेटको जित निकाल्दै भारतले आईसीसी च्याम्पियन्स ट्रफी–२०२५ को उपाधि जितेको छ ।
आइतबार युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा न्युजिल्यान्डले प्रस्तुत गरेको २५२ रनको लक्ष्य भारतले ४९ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।
भारतको जितमा जितमा कप्तान रोहित शर्माले सर्वाधिक ७६ रन बनाए । उनले ३ बलमा सात चौका र तीन छक्का प्रहार गरे । श्रेयस ऐयरले ४ रन जोडे । केएल राहुलले ३४, सुभमन गिलले ३१, अक्षर पटेलले २९ र हार्दिक पान्ड्याले १८ रन थपे ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २५१ रनको योगफल खडा गरेको थियो ।
प्रतियोगिताको सेमिफाइनलमा भारतले अस्ट्रेलियाविरुद्ध चार विकेटको जित निकाल्दै फाइनल यात्रा तय गरेको हो । न्युजिल्यान्डले भने अन्तिम–४ मा दक्षिण अफ्रिकाको चुनौती ५० रनको जित निकाल्दै पन्छाएको थियो ।