Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

विराज भट्टले साइन गरे माइकलको चलचित्र


सारांश

विराज भट्टले साइन गरे माइकलको चलचित्र
images

काठमाडौं । अभिनेता विराज भट्टले नयाँ चलचित्र 'राम नाम सत्य' साइन गरेका छन्।

विराजले आफूले निर्माण तथा निर्देशन गर्न लागेको ‘१२ गाउँ–२’को काम तत्कालका लागि पछि सार्दै माइकल चन्दको डेव्यु निर्देशनमा निर्माण हुने चलचित्रमा साइन गरेका हुन् ।

निर्देशक र विराजबीच सम्झौता भएको छ। कथावस्तु र पटकथा मन परेकाले विराज यो चलचित्रमा काम गर्न तयार भएको बताइएको छ । 

म्युजिक भिडिओ निर्देशन गर्दै आएका माइकल चन्दले यो चलचित्रको निर्देशन गर्न लागेका हुन्। ‘राम नाम सत्य’मा कथा पनि निर्देशक स्वयंले लेखेका छन् । चलचित्रको छायांकन आउँदो वर्षको सुरुबाट हुने माइकलले बताएका छन् । 

चलचित्रमा उत्तम गुरुङ, उपेन्द्र शाही र श्वेता विमलीको लगानी रहनेछ । नरेन्द्र शाह र सन्तोष अर्याल सिनेमाका कार्यकारी निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij