सारांश
काठमाडौं । निर्देशक दिनेश राउतले निर्देशन गरेको चलचित्र ‘महाभोज’ आगामी जेठ १५ गते रिलिज हुने भएको छ ।
पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले चलचित्रको प्रदर्शन मिति तोकेको हो । पोस्टरमा प्रमुख कलाकारहरू आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महत छन् ।
सामाजिक तथा यथार्थपरक चलचित्र ‘महाभोज’ मा आर्यन, दयाहाङ, खगेन्द्र, अञ्जना, गौमाया, मलिकासँगै वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाहलगायत कलाकारहरूको अभिनय रहेको छ ।
क्लकवर्क क्रिएसन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा तयार भइरहेको चलचित्रका निर्माता हिमाल कडरिया हुन् । चलचित्रको स्क्रिप्ट विकास सुवेदीले लेखेका छन् ।