काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले आफूमाथि गाली बेइज्जती गरेको भन्दै एन्फा महासचिव किरण राईविरुद्ध मुद्दा दायर गरेका छन् ।
बिहीबार जिल्ला अदालत काठमाडौंले उक्त मुद्दाको म्याद तामेल गरेको छ ।
पूर्वअध्यक्ष थापाले यसअघि नै महासचिव राईले एक अन्तर्वार्तामा आफूविरुद्ध झुटा र तथ्यहीन आरोप लगाएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराएका थिए । उक्त अन्तर्वार्तामा राईले थापामाथि एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको आरोप लगाएका जनाइएको छ ।
