Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

भीमफेदी बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, घाइतेलाई हेटौँडा लगियो


सारांश

भीमफेदी बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, घाइतेलाई हेटौँडा लगियो
images

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरिखेतमा भएको मिनिबस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । 

काठमाडौंबाट हेटौँडाका लागि छुटेको बा.३ ख ७८५८ को मिनिबस दुर्घटना हुँदा सातजनाको मृत्यु भएको भीमफेदी गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार घाइतेहरूलाई हेटौँ पठाइएको छ ।

सामान्य घाइते भएका एकजना यात्रुले बसमा ३१ जना सवार रहेको बताएको उपाध्यक्ष श्रेष्ठले बताए । ती यात्रु क्याबिनमा बसेका थिए । उनले बढी यात्रुका कारण दुर्घटना भएको बताएको श्रेष्ठको भनाइ छ ।Supreme Court Nepal1621870995.jpg

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij