सारांश
एजेन्सी / साउदी अरबका एक व्यापारीले क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सी सहभागी हुने मैत्रीपूर्ण खेलका लागि ३३ करोड नेपाली रुपैयाँ भन्दा बढी खर्चेर टिकट खरिद गरेका छन् ।
विहीबार हुने पेरिस सेन्ट जर्मेन (पिएसजी) र साउदी अल स्टारबीचको मैत्रीपूर्ण खेलका लागि अक्सनमार्फत एक भीआइपी टिकट विक्रीमा राखिएको थियो ।
उक्त भीआइपी टिकट खरिद गर्नेले आफूले चाहेका खेलाडीसँग तस्विर खिच्न पाउने र खेलाडीको ड्रेसिङ रुम समेत प्रवेश गर्न पाइनेछ ।
नेपाली समय अनुसार रातको १०:४५ बजे सुरु हुने खेलमा पिएसजीका स्टार खेलाडी सबै मैदान उत्रने योजना छ ।त्यस्तै साउदीको टोलीको कप्तानी क्रिस्टियानो रोनाल्डोले गर्दैछन् ।