Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

यू–१९ पुरुष विश्वकप क्रिकेट एसिया छनोट खेल्ने टोलीको घोषणा


सारांश

यू–१९ पुरुष विश्वकप क्रिकेट एसिया छनोट खेल्ने टोलीको घोषणा
images

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपालमा आयोजना हुने आईसीसी यू–१९ पुरुष विश्वकप क्रिकेट एसिया छनोट खेल्ने टोलीको घोषणा गरेको छ ।

क्यानले मंगलबार नरेन भट्टको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । सो टोलीमा अभिषेक तिवारी, नीरज यादव, साहिल पटेल, सिब्रीन श्रेष्ठ, रोशन विश्वकर्मा, दिलसाद अलि र दर्श सोनार छनोट भएका छन् । त्यसैगरी सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अप्राजित पौडेल, युवराज खत्री र विपीनप्रसाद शर्मा पनि छनोटमा परेका छन् ।

माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले युएईसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij