सारांश
काठमाडौं । बसिर अहमदको उत्कृष्ट ब्याटिङका बावजुद हङकङमा भएको चारदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा नेपाल पराजित भएको छ ।
आइतबार हङकङको मोङ कोकमा सम्पन्न रोमाञ्चक खेलमा कुवेतले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर १७१ रनमात्र बनाउन सक्यो ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७४ रनको योगफल खडा गरेको हो ।
लिग चरणबाट शीर्ष स्थानमा रहँदै फाइनलमा आएको नेपालले तीन खेलबाट पाँच अंक जोडेको थियो । समान खेलबाट चार अंक जोडेको कुवेत दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो ।
यसअघि, लिग चरणमा भएको खेलमा नेपालले कुवेतविरुद्ध ६ विकेटको जित निकालेको थियो ।