सारांश
काठमाडौं । झापा एफसीविरुद्ध १–० को जित निकाल्दै धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल)को प्लेअफमा स्थान सुरक्षित गरेको छ ।
प्लेअफमा स्थान बनाउने धनगढी दोस्रो टोली हो । यसअघि साविक विजेता ललितपुर सिटी एफसीले प्लेअफमा स्थान बनाइसकेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ६१औँ मिनेटमा झापाका दिपेश धिमालबाट आत्मघाती गोल हुन पुगेको थियो । यही गोल खेलमा निर्णायक बन्यो । सर्जियो बार्बोजाको क्रसमा अहमद हिजाजीको प्रहारले दिपेशको खुट्टामा लाग्दै जाली चुमेको थियो ।
जितसँगै पाँच खेलमा ११ अंक जोडेको धनगढी शीर्ष स्थानमा उक्लिएको छ । पहिलो हार बेहोरेको झापा पाँच खेलबाट चार अंकका साथ छैटौँ स्थानमा छ ।