Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

ललितपुरले जित्यो एनएसएलको उपाधि


सारांश

ललितपुरले जित्यो एनएसएलको उपाधि
images

काठमाडौं । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ ।

ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार (वैशाख १३) पोखरा थन्डर्सविरुद्ध २–१ को रोमाञ्चक जित निकाल्दै लगातार दोस्रोपल्ट च्याम्पियन बनेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ललितपुरलाई जित दिलाउन इमोह इजेकेल र पापा केबेले गोल गरे । पोखराका सुदील राईले गोल गरे पनि टिमको हार टार्न सकेनन् । 

खेलको ४२औँ मिनेटमा इमोहले गोल गरेपछि ललितपुरले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । ६४औँ मिनेटमा सुदीलको गोलमा पोखरा खेलमा फर्कियो । तर, ७४औँ मिनेटमा केबेले गोल गर्दै ललितपुरलाई पुनः २–१ को अग्रतामा राखेका थिए । केबेको यही गोल निर्णायक बनेपछि ललितपुरले लगातार दोस्रोचोटि उपाधि चुमेको हो ।

भाटभटेनी सुपरमार्केटको स्वामित्वमा रहेको ललितपुरले सन् २०२३ मा सम्पन्न प्रतियोगिताको दोस्रो संस्करणको फाइनलमा धनगढी एफसीलाई हराउँदै उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij