Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

लिभरपुलले जित्यो दोस्रो पटक ङ्लिस प्रिमियर लिगको उपाधि


सारांश

लिभरपुलले जित्यो दोस्रो पटक ङ्लिस प्रिमियर लिगको उपाधि
images

एजेन्सी । लिभरपुलले इङ्लिस प्रिमियर लिगको उपाधि दोस्रो पटक आफ्नो पोल्टामा पारेको छ। यसअघि २०१९/२० मा जुर्गेन क्लोपको प्रशिक्षणमा लिभरपुलले यो उपाधि जितेको थियो।

आइतबार राति भएको खेलमा लिभरपुलले टोटेनहम हटस्परलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै उपाधि सुनिश्चित गरेको हो। दोस्रो स्थानमा रहेको आर्सनलको कमजोर प्रदर्शनका कारण लिभरपुललाई बाँकी पाँच खेलमध्ये मात्र एक अङ्क आवश्यक थियो।

३४ खेलबाट ८२ अङ्क जोड्दै लिभरपुल तालिकाको शीर्ष स्थानमा रहेको छ भने समान खेल खेलेको आर्सनल ६७ अङ्कसहित दोस्रो स्थानमा छ। लगातारको हारपछि टोटेनहम ३७ अङ्कसहित १६औँ स्थानमा यथावत् छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij