Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

आइपिएलमा १४ वर्षीय वैभव सूर्यवंशीको ऐतिहासिक शतक


सारांश

आइपिएलमा १४ वर्षीय वैभव सूर्यवंशीको ऐतिहासिक शतक
images

एजेन्सी । १४ वर्षीय वैभव सूर्यवंशीको कीर्तिमानी शतकको मद्दतले राजस्थान रोयल्सले आइपिएल २०२५ अन्तर्गत सोमबार राति गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गरेको छ।

वैभवले मात्र ३५ बलमा शतक प्रहार गर्दै कीर्तिमान बनाए। उनले ३८ बलमा १०१ रनको शानदार इनिङ्स खेले, जसमा ७ चौका र ११ छक्का समावेश थिए। यससँगै राजस्थानले २१० रनको विशाल लक्ष्य १५.५ ओभरमै २ विकेटको क्षतिमा पूरा गर्‍यो। 

सूर्यवंशीले आइपिएल इतिहासको दोस्रो छिटो शतक प्रहार गरेका हुन्। उनले आइपिएलको केवल तेस्रो खेलमै शतक प्रहार गरेका हुन्। यसैसँगै उनी सबै फर्म्याटको क्रिकेटमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा ब्याटर बन्न सफल भएका छन्।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij