Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

आईपीएलः मुम्बई शीर्ष स्थानमा, राजस्थान बाहिरियो


सारांश

आईपीएलः मुम्बई शीर्ष स्थानमा, राजस्थान बाहिरियो
images

एजेन्सी ।  राजस्थान रोयल्सविरुद्ध १०० रनको सहज जित निकाल्दै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा उक्लिएको छ ।

बिहीबार जयपुरमा सम्पन्न खेलमा मुम्बईले दिएको २१८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले १६.१ ओभरमा सबै विकेट गुमाएर ११७ रन मात्र बनाउन सक्यो ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको मुम्बईले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर २१७ रनको योगफल खडा गरेको थियो ।

जितसँगै ११ खेलबाट १४ अंक जोडेको मुम्बई तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

यो हारसँगै राजस्थान भने आईपीएल–२०२५ को प्लेअफ समीकरणबाट बाहिरिने दोस्रो टिम बनेको छ ।

यसअघि चेन्नाई प्रतियोगिताको प्लेअफ समीकरणबाट बाहिरिने पहिलो टिम बनेको थियो । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij