सारांश
काठमाडौं । ‘भ्वाइस अफ नेपाल’ सांगीतिक रियालिटी टिभी शोको छैटौं सिजनको उपाधि धादिङका प्रोसेस पाण्डेले जितेका छन् ।
शुक्रबार आयोजित ग्राण्ड फिनालेमा टीम खेम सेन्चुरीको समूहका प्रतिस्पर्धी पाण्डे विजेता घोषित भए । पाण्डे फरक क्षमताका व्यक्ति (गायक) हुन्, उनी आाखा देख्न सक्दैनन्।
कोच मेलिना राईको समूहबाट खोटाङका रोशन राई फस्ट रनरअप घोषित भए । कोच राजु लामाको समूहका इलामका प्रमेश राई सेकेन्ड रनरअप घोषित भए । कोच उदय सोताङको समूहबाट प्रतिस्पर्धी गरेकी सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप घोषित भइन् ।
विजेता भएसँगै पाण्डेले भ्वाइसबाट २० लाख नगद प्राप्त गरे भने अन्य दुई प्रायोजकबाट १/१ लाख रुपैयाँ प्राप्त गरे ।