Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

स्पोर्ट्स स्कुल स्थापना हुने


सारांश

स्पोर्ट्स स्कुल स्थापना हुने
images

काठमाडौं । नेपालमा संघ, प्रदेश, स्थानीय तह र खेल संघको सहकार्यमा स्पोर्ट्स स्कुल स्थापना हुने भएको छ । 

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

उनले युवालाई आर्थिक र सामाजिक रूपान्तरणका प्रमुख वाहकका रूपमा परिचालन गरिने बताए । युवामा स्वयंसेवी र सदाचारी भावना विकास गरिने उनको भनाइ छ ।

उनले विद्यालय तहदेखि खेलकुद तालिम, प्रशिक्षक र खेलाडी प्रोत्साहनका कार्यक्रम सञ्चालन हुने बताए ।

यी हुन् नीति तथा कार्यक्रममा समावेश भएका युवा र खेलकुदको विषय

७४. युवालाई आर्थिक र सामाजिक रुपान्तरणका प्रमुख बाहकको रुपमा परिचालन गरिनेछ । युवामा स्वयंसेवी र सदाचारी भावना विकास गरिनेछ ।

७५. युवाहरुको शारीरिक र मानसिक विकासको लागि नियमित खेलकुद सञ्चालन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरु आयोजना गरिनेछ । संघ प्रदेश स्थानिय तह र खेलसंघको सहकार्यमा स्पोर्ट्स स्कुल कार्यक्रम सुरु गरिनेछ । विद्यालय देखि खेलकुद तालिम, प्रशिक्षक र खेलाडी प्रोत्साहनका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

७६. रंगशाला लगायतका खेलकुद पूर्वाधार निर्माणमा तीन तहका सरकार र निजी क्षेत्रको पनि सहभागिता सुनिश्चित गर्न कानुनी व्यवस्था मिलाइनेछ । खेलकुदलाई निजी क्षेत्रका संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमसँग जोडिने छ । त्रिभ्वन विश्वविद्यालय क्रिकेट मैदानलाई आधुनिक स्तरको क्रिकेट मैदानमा रुपान्तरण गरिनेछ ।

७७.अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडी र उनीहरूका सन्ततिलाई अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था मिलाइने छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij