Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

आइपिएल : चेन्नईलाई २ रनले हराउँदै बेंग्लुरू शीर्ष स्थानमा


सारांश

आइपिएल : चेन्नईलाई २ रनले हराउँदै बेंग्लुरू शीर्ष स्थानमा
images

एजेन्सी । रोयल च्यालेन्जर्स बेंग्लुरू इण्डियन प्रिमियर लिग (आइपिएल)को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ।

गएराति चेन्नई सुपर किंग्सलाई २ रनले पराजित गर्दै बेंग्लुरू शीर्ष स्थानमा उक्लिएको हो।

बेंग्लुरूविरूद्ध जितका लागि २१४ रनको लक्ष्य पाएको चेन्नईले अन्तिम तीन बलमा ६ रन जोड्न नसक्दा पराजय ब्यहोर्न पुग्यो।

पहिले ब्याटिङ गरेको बेंग्लुरूले ५ विकेट गुमाएर २१३ रन बनाएको थियो।

शीर्ष स्थानमा उक्लिएको बेंग्लुरूले ११ खेलबाट १४ अंक जोडेको छ। समान खेलबाट ४ अंक जोडेको चेन्नई पुछारमा छ। उसले प्रतियोगिताभरि जम्मा दुई खेलमात्र जितेको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij