Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

ओलीले भने– गभर्नर नियुक्त बिहीबार


सारांश

ओलीले भने– गभर्नर नियुक्त बिहीबार
images

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी बिहीबारसम्म नयाँ गभर्नर पाउने निश्चित भएको छ।

योसँगै नेपाल राष्ट्र बैंकले १८औँ गभर्नर डा. गुणाकर भट्टलाई पाउनेछ।

सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबीच वैशाख ३ गते नै भट्टलाई गभर्नर बनाउने सहमति जुटेको थियो। सोहीअनुसार वैशाख ५ गते राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट उनले राजीनामा समेत दिइसकेका छन्। 

यद्यपि, उनको राजीनामा स्वीकृत भएको छैन। गभर्नरकै प्रतिस्पर्धामा रहेकी कायममुकायम गभर्नर डा. नीलम ढुंगानाले राजीनामा ‘होल्ड’ गरेर राखेकी छन्।

आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेट भएको थियो। 

नेताहरूका अनुसार सो भेटमा गभर्नर नियुक्तिमा भइरहेको ढिलाइबारे देउवाले चासो राखेका थिए। त्यसको जवाफ दिँदै प्रधानमन्त्री ओलीले बिहीबार नियुक्त गर्ने समयसीमा दिएको एक नेताले बताए। 

 

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij