Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

पाकिस्तानसँग क्रिकेट खेल्न हुँदैन : गौतम गम्भीर


सारांश

पाकिस्तानसँग क्रिकेट खेल्न हुँदैन :  गौतम गम्भीर
images

एजेन्सी । भारतीय राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक गौतम गम्भीरले आफ्नो टोलीले पाकिस्तानसँग तत्काल क्रिकेट खेल्न नहुने बताएका छन् । 

गत महिना कश्मीरमा पाकिस्तानले आतंकवादी हमला गरेको बताउँदै  मंगलबार गम्भीरले पाकिस्तानसँग भारतको द्वन्द्व नटुंगिएसम्म क्रिकेट खेल्न नहुने बताएका हुन् । 

“मेरो व्यक्तिगत सुझाव भनेको खेल्न हुँदैन भन्ने हो । यो द्वन्द्व समाप्त नभएसम्म भारत र पाकिस्तानबीच केही पनि हुनुहुँदैन,” प्रशिक्षक गम्भीरले सञ्चारकर्मीसँगको कुराकानीमा भने, “तर पनि खेल्ने/नखेल्ने सरकारले निर्णय गर्ने कुरा हो ।”

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij