Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

रोनाल्डो विरुद्ध मेसीको रोमाञ्चक जित


सारांश

रोनाल्डो विरुद्ध मेसीको रोमाञ्चक जित
images

एजेन्सी / साउदी अरबमा भएको रियाद सिजन टोली र पेरिस सेन्ट जर्मेन (पिएसजी) को मैत्रीपूर्ण खेलमा फ्रान्सेली टोलीले जित हासिल गरेको छ । निकै रोमान्चक खेलमा अधिकांश समय १० खेलाडीमा खेलेको पिएसजी ५-४ ले विजयी भयो ।

पिएसजीका लागि लिओनेल मेस्सी, किलीयन एमबाप्पे, मार्किन्हस, सर्जियो रामोस र ह्युगो एकिटिकेले १-१ गोल गरे । रियादका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा एन्डरसन तालिस्का र जाङ ह्युन सुले गोल फर्काएपनि नतिजा बदल्न सकेनन् ।

मेसी र रोनाल्डो सन् २०२० को डिसेम्बरपछि खेलेका हुन् । यी दुईबीचको पछिल्लो खेलमा इटालियन क्लब युभेन्ट्सबाट रोनाल्डो र मेसी स्पेनिस क्लब बार्सिलोनाबाट खेलेका थिए । यो खेलमा रोनाल्डोको टिम युभेन्ट्सले ३–० को जित निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij