सारांश
काठमाडौं । अहिलेको चर्चित गीत "धान सुक्यो रापले, फकाम्छ काफ्ले जानू कि नजानू" कि गायिका झुमा लिम्बूले चलचित्र ‘जार’मा आफूले गरेको काममा केही चित्त बुझेको बताएकी छन् ।
यद्यपि, अझै पनि पूर्णरूपमा भने चित्त नबुझेको उनको भनाइ छ ।
“म्युजिक गर्दै जाँदा ठिक मैले भनेको जस्तो काम गर्न पाएको प्लेटफर्म हो जार,” पत्रकारसँगको अन्तरक्रियामा झुमाले भनिन्, “मैले गरिरहेको खालको म्युजिक गर्नुपर्यो भन्दै मान्छे आएपछि नाइँ भन्ने कुरै आएन ।”
२५ वर्षपछि ‘जार’मा काम गर्दा पनि पूरै चित्त भने नबुझेको उनले बताइन् ।
“पूरै त चित्त बुझ्दो रहेनछ । अलिअलि चाहिँ चित्त बुझेको छ,” झुमाले अगाडि थपिन्, “जारमा अलिअलि चाहिँ काम गर्ने ठाउँ पाएँ भन्ने लाग्छ ।”
‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित चलचित्रलाई फुर्वा छिरिङ लामाले निर्देशन गरेका छन् ।